Write the meaning of government accounting.
प्रत्येक राज्य वा देशको आफ्नो सरकार हुन्छ ।
लेखाविधि जसलाई सरकारी कार्यालयहरूले प्रयोग गर्दछन त्यसलाई सरकारी लेखाविधि भनिन्छ ।
यसले सरकारी कार्यालयको वित्तीय लेखाविधि लिपिवद्द गर्दछ ।
यो सरकारी आय, व्यय, जरिवाना, अनुदान, दान, ऋण (government revenue, expenditure, penalties, subsidies, grants, loans) आदि सँग सम्बन्धित हुन्छ ।
यो सरकारको वित्तीय लेनदेनको लिपिवद्द वर्गीकरण, संक्षेपीकरण र ब्याख्या प्रक्रिया (recording, classifying, summarizing and interpreting) हो ।
Write any four objectives of government accounting.
State any three objectives of government accounting.
Mention any three objectives of government accounting system.
Write in brief any three objectives of government accounting.
Write the meaning of government accounting stating any one objective.
सरकारी लेखाविधिका मुख्य उद्देश्यहरू यस प्रकार छन्:
सरकारी आय-व्यय सम्बन्धि वित्तीय लेनदेनलाई लिपिवद्द गर्नु ।
बजेट अनुसार खर्चहरूलाई नियन्त्रण गर्नु ।
खर्चहरूको बाँडफाँड र उनीहरूको उपयोगको बारेमा सुचना प्रदान गर्नु ।
बजेट तयार गर्नको लागि वित्तीय सुचना र डाटा प्रदान गर्दछ ।
यसले सरकारी सम्पतीहरूलाई सुरक्षित राख्दछ ।
लेखा-परीक्षण सजिलो र मितव्ययी बनाउन ।
वित्तीय प्रतिवेदन तयार गर्न सुचनाहरू प्रदान गर्न आदि ।
––––––––––––––––––––––––––––––––––––––––––––––––
Click on link for English medium
https://eponlinestudy.com/government-accounting-of-nepal
––––––––––––––––––––––––––––––––––––––––––––-––-–
Write any four features of government accounting.
Write in any three features of government of Nepal.
Define government accounting with any two features.
सरकारी लेखाविधिका मुख्य विशेषताहरू यस प्रकार छन्:
यो ऐतिहासिक वित्तीय लेनदेनमा आधारित हुन्छ ।
यो लेखाविधिको दोहोरो लेखा प्रणालीमा आधारित छ ।
यो बजेट र बजेट नियन्त्रणमा आधारित छ ।
यसले लेखा परीक्षणलाई प्रावधान गर्दछ ।
यो नाफा-नोक्सानमा आधारित छैन ।
यो विकेन्द्रिकृतमा आधारित छ ।
###########
Click on link for YouTube videos CHAPTERS OF CLASS 11
ACCOUNTING EQUATION http://tiny.cc/c89jkz
BASIC JOURNAL ENTRIES IN NEPALI http://tiny.cc/uaakkz
BASIC JOURNAL ENTRIES http://tiny.cc/8aakkz
JOURNAL ENTRY AND LEDGER http://tiny.cc/caakkz
LEDGER http://tiny.cc/haakkz
SUBSIDIARY BOOK http://tiny.cc/399jkz
CASH BOOK http://tiny.cc/889jkz
TRIAL BALANCE & ADJUSTED TRIAL BALANCE http://tiny.cc/c59jkz
BANK RECONCILIATION STATEMENT (BRS) http://tiny.cc/q59jkz
DEPRECIATION http://tiny.cc/ugakkz
FINAL ACCOUNT: CLASS 11 http://tiny.cc/y89jkz
ADJUSTMENT IN FINAL ACCOUNT http://tiny.cc/keakkz
CAPITAL AND REVENUE http://tiny.cc/peakkz
SINGLE ENTRY SYSTEM http://tiny.cc/n19jkz
NON-PROFIT ORGANIZATION (NON-TRADING CONCERN http://tiny.cc/j09jkz
GOVERNMENT ACCOUNTING http://tiny.cc/hcakkz
GOSWARA VOUCHER (JOURNAL VOUCHER) http://tiny.cc/hcakkz
###########
Write any two points of differentiating government accounting from commercial accounting.
Write any three points of differentiating Government Accounting from commercial accounting.
सरकारी लेखाविधि र व्यापारिक लेखाविधि बिच भिन्नता
Bases आधारहरू |
Government Accounting सरकारी लेखाविधि |
Commercial Accounting व्यापारिक लेखाविधि |
Use प्रयोग |
सरकारी लेखाविधिको प्रयोग सरकारी कार्यालयमा हुने लेनदेनलाई लिपिवद्द गर्न गरिन्छ । |
व्यापारिक लेखाविधिको प्रयोग व्यापारिक संस्थामा हुने लेनदेनलाई लिपिवद्द गर्न गरिन्छ । |
Cash or accrual नगद वा उधारो |
यो सामान्यता नगदमा आधारित हुन्छ ।
|
यो लिन-दिन बाँकी (accrual) मा आधारित हुन्छ । |
Profit and loss नाफा-नोक्सान |
यसको नाफा-नोक्सान सँग कुनै सम्बन्ध हुदैन । |
यसको नाफा-नोक्सान सँग सम्बन्धित हुन्छ । |
Control नियन्त्रण |
यो सरकारी बजेटको सिद्दान्तमा आधारित हुन्छ, त्यसैले यसलाई बजेट द्वारा नियन्त्रण गरिन्छ । |
यो कुनै बजेटको सिद्दान्तमा आधारित हुदैन, यसलाई तो बजेट द्वारा नियन्त्रण हुदैन । |
Government rule सरकारी नियम |
यो पूर्ण रूपमा सरकारी नियम र ऐन द्वारा देखरेख (maintain) हुन्छ । |
यो केही सरकारी नियम र नियन्त्रण वाहेक, सरकारी नियन्त्रणमा हुदैन । |
Write in brief about Syaha Sresta Pranali.
Write short notes on Syaha and Dhapot.
स्याहा (journal entry)
स्याहामा सबै प्रकारका वित्तीय लेनदेनलाई लिपिवद्द गरिन्थ्यो ।
यो गोस्वारा भौचर जस्तै थियो ।
यस किताबलाई १६ महल (sixteen column) स्याहा पनि भनिन्थ्यो ।
यसलाई आय वा व्ययमा वर्गीकरण गरिन्थ्यो ।
बाँया पक्षमा आय र नाफालाई लिपिवद्द गरिन्थ्यो तर दाँया पक्षमा खर्चहरू लिपिवद्द गरिन्थ्यो ।
लेखालाई हातले बनाएको विशेष नेपाली कागजमा लेखिन्थ्यो ।
स्याहालाई T आकारमा तयार गरिन्थ्यो ।
एउटा कागजलाई आवश्यकता अनुसार 16, 24 वा 32 भागमा पट्टयाउने गरिन्थ्यो ।
दिनको अन्तमा, स्याहाको दुबै पक्षमा जम्मा गरेर रेखांकन (totaled and underlined) गरिन्थ्यो जसलाई तेरिज (Terij) भनिन्थ्यो ।
फेरी वर्तमान दिनको जम्मामा गत दिनको जम्मालाई जोडिन्थ्यो ।
यसलाई बेरिज (Berij) भनिन्थ्यो ।
लेनदेन लिपिवद्द गर्न ती प्रकारका स्याहा प्रयोग गरिन्थ्यो । ती यस प्रकार थिए:
नगदी स्याहा: यसको प्रयोग नगदलाई लिपिवद्द गर्न गरिन्थ्यो ।
जिन्सीस्याहा: यसको प्रयोग सम्पत्तिलाई लिपिवद्द गर्न गरिन्थ्यो ।
धरौटी स्याहा: यसको प्रयोग सुरक्षण (security) जम्मा गर्न गरिन्थ्यो ।
अवार्जे (ledger)
अवार्जे स्याहा प्रणाली अन्तर्गतको अर्को महत्वपूर्ण किताब थियो ।
यो दोहोरो लेखा प्रणालीको खाता (ledger account) जस्तै थियो ।
स्याहा को आधारमा अवार्जेमा पोस्टिंग गरिन्थ्यो ।
अवार्जे स्याहा स्रेस्ता प्रणालीको अन्तिम लेखा (final entry) थियो ।
अवार्जेमा, सबै लेनदेनलाई आमदानी अवार्जे (आय) र विन्जालिक अवार्जे (व्यय) मा वर्गीकरण गरिन्थ्यो ।
आमदानी अवार्जे: यसलाई नियमित र अनियमित आयलाई लिपिवद्द गर्न र वर्गीकरण गर्न तयार गरिन्थ्यो ।
विन्जालिक अवार्जे: यसलाई खर्च लिपिवद्द गर्न र वर्गीकरण गर्न तयार गरिन्थ्यो ।
ढपोट (balance sheet)
ढपोट स्याहा प्रणाली अन्तर्गतको अन्तिम विवरण (final statement) थियो ।
यो आधुनिक लेखाविधिको अन्तिम खाता जस्तै थियो ।
यसले एउटा निश्चित समयमा सरकारको वित्तीय स्थिति देखाउथ्यो ।
यसलाई लेखापालले कार्यको अन्त (end of job), महिनाको अन्त (end of month) वा वर्षको अन्त (end of year) मा कुमारी चोक, काठमाडौँमा देखाउनु पर्थ्यो ।
यसलाई आय जम्मा गर्ने इकाई (revenue collecting units) ले लिनु पर्ने (accrual) आधारमा तयार गर्थे ।
ढपोट जम्मा रकम निकासा, खुद खर्च र बचेको रकम आगामी वर्षमा हस्तान्तर गर्नको लागि तयार गरिन्थ्यो । ढपोट तीन प्रकारका हुन्थे । ती यस प्रकार थिए:
कार्य अन्त ढपोट: यसलाई प्रत्येक कार्यको अन्त वा कार्य पुरा भए पछी तयार गरिन्थ्यो ।
महिना अन्त ढपोट: यसलाई प्रत्येक महिनाको अन्तमा तयार गरिन्थ्यो ।
वर्ष अन्त ढपोट: यसलाई प्रत्येक आर्थिक वर्षको अन्तमा तयार गरिन्थ्यो ।
नेपाल अधिराज्यको संविधान ऐन 2047 को धारा 100 (4) को अनुसार, सबै सरकारी कार्यालयहरूले महालेखा प्रबन्धक (Auditor General) ले अनुमोदित गरेको फारममा नै लेखा राख्नु पर्छ ।
वर्तमानमा सरकारी कार्यालयहरूमा निम्न लेखाविधिको प्रयोग गरिन्छ:
नयाँ स्रेस्ता प्रणाली (New accounting system)
सार्वजनिक कार्य स्रेस्ता प्रणाली (Public work accounting system)
आय स्रेस्ता प्रणाली (Revenue accounting system)
सम्पत्ति स्रेस्ता प्रणाली (Property accounting system)
नेपाल सरकारको लागि वैज्ञानिक लेखाविधि तयार गर्नको लागि एउटा लेखा समिति गठन गरियो ।
यसको लागि निम्न लिखित समितिहरू समावेश थिए:
Mention any four objectives of new accounting system of government of Nepal.
Mention any three objectives of prevailing (main) government of Nepal accounting system.
Mention any four features of new (present) accounting system of government of Nepal.
Write any three features of Government of Nepal accounting system.
Mention any three features of new accounting system.
State any three features of new accounting system.
नयाँ स्रेस्ता प्रणालीका मुख्य सुविशेषताहरू यस प्रकार छन :
Based on double entry system (दोहोरो लेखा प्रणालीमा आधारित)
नयाँ स्रेस्ता प्रणाली दोहोरो लेखा प्रणालीको सिद्धान्तमा आधारित छ ।
दोहोरो लेखा प्रणालीमा, प्रत्येक वित्तीय लेनदेनका दुईवटा पक्षहरू हुन्छन् एउटा डेबिट र अर्को क्रेडिट ।
प्रत्येक वित्तीय लेनदेनले एक डेबिट साइड र अर्को क्रेडिट पक्षलाई असर गर्छ ।
Uniformity and simplicity (एकरूपता र सरलता)
नयाँ लेखा प्रणाली नेपालमा सम्पूर्ण सरकारी कार्यालयहरुमा प्रयोग गरीन्छ ।
यो प्रणाली बुझ्नको लागि सरल र अपरेट गर्न सजिलो छ; किनकि यो दोहोरो लेखा प्रणालीको सिद्धान्तमा आधारित छ ।
Banking transaction (बैंकिंग लेनदेन)
संसारमा सबै भन्दा धेरै दुरुपयोग र हेरफेर वस्तुको भनेकै ‘नगद’ हो ।
नयाँ स्रेस्ता प्रणालीले बैंकिंग लेनदेन मा जोड दिन्छ ।
प्रत्येक सरकारी अधिकारीले सबै राजस्व बैंकमा जम्मा गर्नु पर्दछ र भुक्तान डीटीसीओ मार्फत गरिन्छ ।
Classification of offices (कार्यालयहरूको वर्गीकरण)
सरकारी कार्यालयहरूलाई केन्द्रीय स्तरका कार्यालयहरू र स्थानीय स्तरका कार्यालयहरूमा वर्गीकृत गरिन्छ ।
केन्द्रीय स्तरका कार्यालयहरू मन्त्रालय हुन् ।
स्थानीय स्तरका कार्यालयहरू महानगर, उप-महानगर, नगरपालिका र गाउँ नगरपालिकामा सञ्चालन हुन्छन् ।
Write in brief the meaning of central level accounting.
नेपाल सरकारको नयाँ स्रेस्ता प्रणाली अन्तर्गत, केन्द्रीय स्तरका कार्यालयमा मन्त्रालयहरू र विभागहरू पर्दछन ।
सामान्यता, केन्द्रिय स्तरका कार्यालयहरूमा थोरै लेनदेन हुन्छन ।
उनीहरूले सञ्चालन स्तरका कार्यालयहरूलाई पेश्की कोष (imprest fund) र बजेट निकासा गर्दछन ।
विभागहरूले मन्त्रालय र सञ्चालन स्तरका कार्यालय बिच समन्वय गर्दछन ।
उनीहरूले कोष तथा लेखानियन्त्रणको कार्यालय (कोलेनिका) द्वारा मन्त्रालयबाट बजेट प्राप्त गर्दछन ।
उनीहरूले यस्तो बजेटलाई सञ्चालन स्तरका कार्यालयहरूलाई बजेट बाँडफाँडको आधारमा निकासा गर्दछन ।
Mention the expenditures that includes under the budget head ‘salary’.
तलब (salaries) अन्तर्गत निम्न खर्चहरू सम्मलित गरिन्छ:
तलबको बजेट शिर्षक 21111 हो ।
पदाधिकारी र कर्मचारीलाई कुनै एउटा लेखा वर्ष अवधिमा प्रदान गरिने सबै तलब, भत्ता, ग्रेड, सन्चय कोष, पेन्सन, बीमा आदि ।
कुनै विशेष आयोजना का लागि अस्थाई पदमा नियुक्ति भई काम गरे वापतको ज्याला, मेहनत र पारिश्रमिक खर्च ।
बहाल कर्मचारीको संचित घर बिदा, बिरामी बिदा, सट्टा बिदा चाड-पर्व बापतको रकम आदि ।
***********
Thank for investing your time.
Please comment on article..
You can help me by sharing this article at your social media platform.
Jay Google, Jay YouTube, Jay Social Media
जय गूगल, जय युट्युब, जय सोशल मीडिया